हारलगत्तै जिम्मेवारी छाडेको दक्षिण कोरियाका प्रशिक्षक बेन्टोको घोषणा


दोहा। दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।
कतारमा जारी विश्वकपअन्तर्गत सोमबार राती प्रिक्वाटरफाइनलमा ब्राजिलसँग ४-१ गोलले पराजित भएलगत्तै बेन्टोले आफु अब दक्षिण कोरियाको प्रशिक्षक नरहेको घोषणा गरेका हुन्। ५३ वर्षीय पोर्चुगिज बेन्टो सन् २०१८ मा दक्षिण कोरियाको प्रशिक्षक नियुक्त भएका थिए।
‘हामीले भविस्यबारे सोच्नुपर्छ त्यसैले अब म दक्षिण कोरियाको प्रशिक्षक रहने छैन’, बेन्टोले भनेका छन्। उनले यो निर्णय गत सेप्टेम्बरमै तय भएको पनि बताएका छन्। समूहगत चरणको अन्तिम खेलमा पोर्चुगलमाथी २-१ गोलको रोमान्चक जित हात पार्दै दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएको थियो।