दोलखाको समानुपातिक मतगणना सम्पन्न- प्रतिनिधिसभा र प्रदेश दुवैतिर एमाले पहिलो – Nepal Press

दोलखाको समानुपातिक मतगणना सम्पन्न- प्रतिनिधिसभा र प्रदेश दुवैतिर एमाले पहिलो

दोलखा । प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम दिएको दोलखाको समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ । सोमबार राति सम्पन्न मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर एमालेले सबैभन्दा बढी मत पाएको छ ।

प्रतिनिधिसभामा गठबन्धनमा उम्मेदवारसँग एमालेका बालकृष्ण शिवाकोटी ३१८ मतले पराजित भएका थिए । प्रतिनिधिसभा समानुपातिकतर्फ ८४ हजार ७ सय १७ मतमध्ये सदर मतको ३० हजार ९ सय ८६ मत प्राप्त गर्दै एमालेले दोलखामा आफ्नो पहिलो स्थान कायमै राखेको छ ।

नेपाली कांग्रेस २७ हजार ७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र ११ हजार ५ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ५ सय ६६, नेकपा एकिकृत समाजवादीले २ हजार ३ सय १ र राप्रपाले २ हजार ३३ मत पाएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा एमाले पहिलो भएको छ । एमालेले ३१ हजार ८ सय ४६ मत पाएको छ भने नेपाली कांग्रेसले २२ हजार ३ सय, नेकपा माओवादी केन्द्रले १४ हजार ९ सय ४, नेकपा एकिकृत समाजवादीले ३ हजार ९ सय ९३ र राप्रपाले ३ हजार ४ सय ७३ मत प्राप्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर