युनाइटेड इदी मर्दी एण्ड आरबीले गर्‍यो लाभांश प्रस्ताव – Nepal Press

युनाइटेड इदी मर्दी एण्ड आरबीले गर्‍यो लाभांश प्रस्ताव

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्‍चालक समितिले यस्तो प्रस्ताव गरेको हो ।

मंसिर २८ गते बस्न लागेको वार्षिक साधारणसभामा यो प्रस्ताव लगिनेछ । गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ ।

मंसिर १५ गतेसम्म कारोबार भई सेयर नामसारी भएर कायम भएका सेयरधनीहरूले मात्रै साधारणसभामा भाग लिन पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर