नीति–सिद्धान्त मेल खाने भन्दै दीपक मनाङेले रोजे नेकपा एस – Nepal Press

नीति–सिद्धान्त मेल खाने भन्दै दीपक मनाङेले रोजे नेकपा एस

काठमाडौं । मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित (राजीव गुरुङ) दीपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।

उनलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरे ।

मनाङेले एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एसको संगठनमा आबद्ध भएको बताएका छन् ।

स्वतन्त्र रूपमा काम गर्ने निर्णय गरे पनि अहिलेको परिवर्तित परिस्थितिमा एक्लै रहनुभन्दा राजनीतिक पार्टीको संगठनमा आबद्ध भएर गरिने पहलकदमीले काम प्रभावकारी हुने निष्कर्षमा पुगेको उनले बताएका छन् ।

 


प्रतिक्रिया

One thought on “नीति–सिद्धान्त मेल खाने भन्दै दीपक मनाङेले रोजे नेकपा एस

  1. बल्ल मान्छे र पार्टी मिल्यो । देश लुटन एस एक नम्बर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर