प्रकाशमान सिंह र कृष्णगोपाल श्रेष्ठबीच भेटवार्ता


काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेका बेला अब सरका गठनलगायतका विषयमा दलहरु विभिन्न माध्यमबाट छलफल गरिरहेका छन् । बधाई तथा शुभकामना आदनप्रदानको बहानामा नेताहरु राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन् ।
प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा पुगेका हुन् ।
सिंह निवास चाक्सीबारी पुगेका श्रेष्ठ र सिंहबीच बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ ।
सिंह काठमाडौ १ बाट निर्वाचित भएका हुन् भने श्रेष्ठ काठमाडौं ९ बाट विजयी भएका हुन् ।
के खान बालकोट र किर्तीपुरतिर ? भोट त तिनले हाल्ने हैनन प्र.म. खान । अहिलेको सबैभन्दा काम नलाग्ने, अडान नभएको नेता ।