निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक सुरु

२०७९ मंसिर १९ गते १५:४८

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी छन् ।
कांग्रेस नेताहरु रामचन्द्र पौडेल, पुर्णबहादुर खड्का, प्रकाशशरण महत र माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेललगायत नेताहरु सहभागी छन् ।
बैठकमा निर्वाचनको समिक्षा र आगामी सरकार गठनको बिषयमा छलफल हुनेछ। बैठकमा लोसपाले सहभागीता जनाएको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर