ट्राफिक चेकिङमा लागू औषध सेवनकर्ता फन्दामा, ५ जना चालकविरुद्ध मुद्दा – Nepal Press

ट्राफिक चेकिङमा लागू औषध सेवनकर्ता फन्दामा, ५ जना चालकविरुद्ध मुद्दा

काठमाडौं । ट्राफिक चेकिङमा पक्राउ परेका ५ जना सवारी चालकविरुद्ध मुद्दा दर्ता भएको छ।

लागू औषध सेवन गरेको देखिएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।

मादक पदार्थ सेवन-मापसे चेकिङ गर्ने गरेको ट्राफिकले पछिल्लो समय लागू औषध सेवन-लापसे पनि चेकिङ गर्ने गरेको छ। लापसे गरेकाहरूलाई भने मुद्दा दर्ता गरेर कारबाही भइरहेको छ।

ट्राफिक कार्यालयका अनुसार काठमाडौंको तारकेश्वर-८ शेषमतीबाट नियन्त्रणमा लिइएका ५ जना चालकविरुद्ध ५ दिनको म्याद थपिएको छ। लागू औषध नियन्त्रण ब्युरो र प्रहरी अस्पतालसहितको टोली ट्राफिङ चेकिङमा खटिएको थियो।

उनीहरू मोटरसाइकल र स्कुटरका चालक रहेका छन्। टिएचसी किटको प्रयोग गरेर पिसाबमा लागू औषध सेवन गरेको भेटिएको ट्राफिक कार्यालयले जनाएको छ। गत साउन ९ गतेदेखि लापसे जाँच सुरु गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर