प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५७ र प्रदेशसभामा ११० सिट जितेर कांग्रेस पहिलो, अरु कसको कति सिट ? – Nepal Press

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५७ र प्रदेशसभामा ११० सिट जितेर कांग्रेस पहिलो, अरु कसको कति सिट ?

काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा नेकपा (एमाले)ले ४४ निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो दल बनेको छ ।

नेकपा (माओवादी केन्द्र)ले १८ क्षेत्रमा जित हासिल गरेर तेस्रो पार्टी बन्दा नेकपा (एकीकृत समाजवादी)ले भने १० सिट जितेर चौथो दल बनेको छ । यद्यपी समानुपातिकतर्फको मतगणना नसकिएकाले पार्टीको बरियता अहिलेको भन्दा केहि तलमाथि हुनेछ ।

यस्तै जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सात सात क्षेत्रमा जित हासिल गरेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्रमा जित हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक एक निर्वाचन क्षेत्रमा जित हासिल गर्दा स्वतन्त्र ५ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् ।

७ वटै प्रदेशका ३३० वटा प्रदेश सभाका क्षेत्रमध्ये ११० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस जितेर पहिलो दल बनेको छ । दोस्रोमा नेकपा ९एमाले०ले ९० वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो बन्न सफल भएको छ ।

नेकपा -माओवादी केन्द्र)ले भने ५३ स्थानमा मात्रै जित हासिल गरेर तेस्रो बनेको छ । नेकपा ९एकीकृत समाजवादी०ले भने १५ वटा निर्वाचन क्षेत्रमा मात्रै जित हासिल गरेको छ । यस्तै जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर