दोलखामा कार्की र शिवाकोटीबीच मतान्तर ११४ मात्र

२०७९ मंसिर १९ गते ७:०१

दोलखा । दोलखामा अहिले पनि मतगणना जारी रहेको छ ।पछिल्लो परिणामअनुसार गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गंगा कार्की थोरै मतले अगाडि छन् ।
माओवादीका गंगा कार्कीले ३३ हजार ७०७ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार ५९३ मत पाएका छन् । कार्की र शिवाकोटीबीच मतान्तर ११४ रहेको छ ।
अब विगु गाउँपालिका १ (लामावगर), २ (ओराङं), शैलुङ गाउँपालिका १ (दुधपोखरी), २ (भुषाफेदा), मेलुङ गाउँपालिका १ (पवटी)गणना हुन बाँकी छ । मतगणनाको अन्तिम चरणमा आइपुग्दा रोचक बनेको छ ।
प्रतिक्रिया