विश्वकपः जिरुडको कीर्तिमानी गोलमा फ्रान्सलाई अग्रता

२०७९ मंसिर १८ गते २१:४१

काठमाडौं । ओलिभर जिरुडको कीर्तिमानी गोलमा पोल्यानडविरुद्ध पहिलो हाफमा फ्रान्सले १–० गोलको अग्रता बनाएको छ ।
अल थुममा रंगशालामा जारी कतारमा जारी विश्वकप अन्तिम १६ अन्तर्गत खेलको ४४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका जिरुड सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बने । फ्रान्सका लागि उनले १ सय १६ खेल खेल्दै ५२ गोल गरेका छन् ।
यसअघि समूह चरण अन्तर्गत खेलमा अस्ट्रेलियाविरुद्धको खेलमा दुई गोल गर्दै जिरुडले थिएरी अनरीको सर्वाधिक ५१ गोलको कीर्तिमान बराबरी गरेका थिए । पोल्यान्डविरुद्ध गोल गर्दै जिरुडले विश्वकपमा चार गोल गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर