बसले किच्दा बुटवलमा १५ महिने बालकको मृत्यु – Nepal Press

बसले किच्दा बुटवलमा १५ महिने बालकको मृत्यु

काठमाडौं । बुटवलमा बसले किच्दा १५ महिने बालकको मृत्यु भएको छ । आइतबार बुटवल-११ मझुवामा बसले किच्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका छोरा बिहानी रहेका छन् ।

गम्भीर घाइते भएका बालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *