ईरानमा तीन नाबालिगलाई दिइयो मृत्युदण्ड – Nepal Press

ईरानमा तीन नाबालिगलाई दिइयो मृत्युदण्ड

काठमाडौं । ईरानमा जारी सरकार विरोधी प्रदर्शनलाई रोक्नका निमित्त ईरान सरकारले नाबालिगलाई समेत मृत्युदण्डको सजाय सुनाएको बाहिरिएको छ ।

अन्तर्राष्टिय संचारमाध्यम ‘द वाशिङटन पोस्ट’ का अनुसार हालै मात्र ईरान सरकारले प्रदर्शनमा सहभागि भएका तीन जना नाबालिगहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो । तेहरानमा एक प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा यी तीन नाबालिगहरूविरुद्द मुद्दा दायर गरिएको थियो ।

इरानको बसिज अर्धसैनिक बलका एक सदस्यलाई चक्कु, ढुङ्गा र बक्सिङ ग्लब्सको प्रयोग गरि हत्या गरेको र भ्रष्टचारमा समेत संलगन रहेको ठहर गर्दै इरानको ‘रिभुल्सनरी’ अदालतले उनीहरुलाई मृत्युदण्ड सुनाएको रिपोर्टमा उल्लेख छ ।

यो फैसला सुनाउने अदालतले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयलाई हेर्ने गर्छ । ईरानको कानूनअनुसार यो अदालतले नाबालिगहरू माथि मुद्दा चलाउन पाउँदैन यद्यपी वुधबार र बिहीबार यस अदालतले उनीहरुमाथि ट्रायल चलाएको थियो ।

यस सन्दर्भमा न्यायाधीशले तीन नाबालिग किशोरहरूविरुद्ध अन्य वयस्कहरूसँग मुद्दा चलाउन सकिने बताएका थिए । द गार्डियनको रिपोर्टअनुसार प्रदर्शन सुरु भएदेखि अहिलेसम्म ईरानमा ६० बालबालिकाले ज्यान गुमाएका छन् भने २०० जना भन्दा बढी नाबालिगलाई गिरफतार गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *