चौथो शक्ति बनेको घण्टीले समानुपातिकतर्फ कुन जिल्लामा कति मत ल्यायो ? (सूचीसहित) – Nepal Press

चौथो शक्ति बनेको घण्टीले समानुपातिकतर्फ कुन जिल्लामा कति मत ल्यायो ? (सूचीसहित)

काठमाडौं । चुनावको केही महिनाअघि मात्रै दर्ता भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य मत प्राप्त गरेको छ । घण्टी चुनाव चिन्ह लिएर लडेको रास्वपाले ठुला दलहरुलाई धक्का दिएको छ ।

प्रतिनिधि सभातर्फ प्रत्यक्षमै ७ सीट जितेको रास्वपाले समानुपातिकमा पनि राम्रो मत प्राप्त गरेको छ । समानुुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मत गन्दा रास्वपाले ११ लाख २४ हजार ५४३ मत प्राप्त गरेको छ । यही मतलाई हेर्दा रास्वपाले समानुपातिकबाट करिब १४ सांसद पाउने देखिन्छन् ।

प्रत्यक्ष र समानुपातिक गरी २१ सीटसहित संसदको चौथो शक्तिको रुपमा स्थापित भएको छ । रास्वपाले काठमाडौं उपत्यकासहित अधिकांश शहरी क्षेत्रमा ठुला दललाई धक्का दिएको छ । दोलखा र बाजुराको मतगणना बाँकी छ। यी बाहेक अन्य जिल्लामा रास्वपाले कति मत प्राप्त गर्यो ? हेरौँः

प्रदेश १

ताप्लेजुङ ९७८
पाँचथर १,९४८
इलाम ९,१३७
झापा ७७,४४४
संखुवासभा २,४२७
तेह्रथुम २,१८८
भोजपुर १,२१८
धनकुटा ३,९७९
मोरङ ५३,१८६
सुनसरी ४६,११२
सोलुखुम्बु १,१३५
खोटाङ १,४९७
ओखलढुंगा २,४१८
उदयपुर ११,१४३

मधेश प्रदेश

सप्तरी ३,५१७
सिराहा ४,२५६
धनुषा ६,१९१
महोत्तरी ८,४३६
सर्लाही १५,८९८
रौतहट ९,२५९
बारा १७,९२७
पर्सा ७,४५१

वागमती

रामेछाप ४,६२३
सिन्धुली ८,०३१
रसुवा १,७३१
धादिङ्ग १५,७५५
नुवाकोट १६,२८३
काठमाडौं १,०३,५४०
भक्तपुर २३,२०६
ललितपुर ३५,३८३
काभ्रेपलाञ्चोक २६,६१८
सिन्धुपाल्चोक १०,५२०
मकवानपुर २९,९५९
चितवन ९९,०३७

गण्डकी

गोरखा १६,२४५
मनाङ १४६
लमजुङ ८,२१७
कास्की ४४,००९
तनहुँ २२,९०२
स्याङ्जा २२,२२६
नवलपरासी (पूर्व) ३८,६९०
मुस्ताङ २९९
म्याग्दी ३,५७९
बागलुङ ११,०३३
पर्वत ९,६७९

लुम्बिनी प्रदेश

गुल्मी १२,३७९
पाल्पा १२,६६२
अर्घाखाँची ८,९५१
रुपन्देही ६६,१६९
कपिलवस्तु १५,४१८
रुकुम पूर्व ४६६
रोल्पा १,९०४
प्यूठान ५,८५१
दाङ ३९,८५३
बाँके १९,५६८
बर्दिया १५,५२३
नवलपरासी (पश्चिम) २१,३९५

कर्णाली प्रदेश

सल्यान ४,५२२
डोल्पा ५५७
मुगु २१०
जुम्ला ८९९
कालिकोट ६०१
हुम्ला १७१
जाजरकोट ५९४
दैलेख १,७९२
सुर्खेत ८,९६०
रुकुम पश्चिम १,८६१

सुदूरपश्चिम

अछाम १,४२६
बझाङ १,२९६
डोटी १,२४८
कैलाली १९,६०८
दार्चुला ८७९
बैतडी २,२५०
डडेलधुरा ३,६५०
कन्चनपुर १४,४२४


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर