चिटिक्क पारिँदै बागमती प्रदेशसभा भवन (तस्बिरहरू) – Nepal Press

चिटिक्क पारिँदै बागमती प्रदेशसभा भवन (तस्बिरहरू)

हेटौँडा । आम निर्वाचन २०७९ को अन्तिम परिणाम आउँदै गर्दा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको प्रदेशसभा भवनलाई मर्मत तथा रङ रोगन कार्य अन्तिम चरणमा पुगेको छ

हेटौँडा–१० मा रहेको प्रदेशसभा भवनमा रहेका कुर्सीहरु, लाइट तथा माइकहरूको मर्मत, नयाँ फिट तथा हल सहित सभामुख, उपसभामुखको कार्यकक्षहरूमा मर्मत तथा ‘न्यू डेकोरेसन’ कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रत्यक्ष र समानुपातिक गरी १ सय १० जना प्रदेशसभा सदस्यलाई सहज हुनेगर बस्ने कुर्सीहरूको व्यवस्थापन तथा हलमा फल सिलिङको काम जारी रहेको बागमती प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बास्कोटाले बताए ।

प्रदेशसभाको नयाँ भवन नबनिसकेको अवस्थामा पुरानै भवनलाई सुविधा सम्पन्न बनाउनेगर काम अघि बढाइएको बास्कोटाको भनाई छ ।प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो अधिवेशन तोक्ने समयसम्ममा सबै काम सक्ने गरी द्रुत गतिमा काम अघि बढाइएको उनले बताए ।

प्रदेशसभा भवनमा रहेको सभामुख, उपसभामुख, विभिन्न समितिको कार्यालयहरुलाई थप व्यवस्थित बनाइएको उनले बताए ।

हेरौँ तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर