‘चील’ कसरी बन्दै छ भारतको नयाँ हतियार ? – Nepal Press

‘चील’ कसरी बन्दै छ भारतको नयाँ हतियार ?

काठमाडौं । छिमेकी मुलुक भारतले देशको रक्षा प्रणालीलाई सबल तुल्याउनका लागि ‘चील’लाई तालिम दिइरहेको छ ।

भारतको उत्तराखण्डमा जारी भारत र अमेरिकाको संयुक्त सैन्य अभ्यासमा ‘ड्रोन’ लाई निष्क्रिय बनाउन चीललाई सैन्य तालिम दिइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रिपोर्टका अनुसार हाल जारी अभ्यासमा सैनिकले चङ्गालाई आकाशमा उडाएर उक्त चङ्गालाई ठुगेर तल झार्न तालिम दिइँदै छ ।

तालिमपछि चीलको प्रयोग गरेर सिमाना क्षेत्रमा जासुसीका लागि अन्य देशले उडाएका ड्रोनहरूलाई निष्क्रिय बनाउन सकिने जनाइएको छ ।

भारतले उक्त तालिम प्राप्त चीललाई अर्जुन नामक कोडओर्ड दिएको पनि रिपोर्टमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर