‘साल्ट बे’ को रेस्टुरेन्टबाट जबरजस्ती निकालिए पशु अधिकारकर्मी (भिडिओ) – Nepal Press

‘साल्ट बे’ को रेस्टुरेन्टबाट जबरजस्ती निकालिए पशु अधिकारकर्मी (भिडिओ)

काठमाडौं । स्टेक सजाउन प्रयोग गरिएको असाधारण शैलीका कारण विश्व प्रख्यात भएका टर्किश सेफ नुसरत गोक्से उर्फ ‘साल्ट बे’ को लण्डनस्थित नुसरत एट रेस्टुरेण्टबाट पशु अधिकारकर्मीलाई जबरजस्ती बाहिर निकालिएको छ ।

पशु तथा जलवायु न्याय समूह ‘एनिमल रिबेलियन’ का सदस्यहरूले रेस्टुरेण्टमा छिरेर पशु हत्याको विरोध गरे पश्चात् रेस्टुरेन्टका कर्मचारीले उनीहरूलाई जबरजस्ती बाहिर निकालेका हुन् ।

उक्त समूहले घटनाको भिडिओ सामाजिक सञ्जालमा शेयर गरेको छ । जसमा कर्मचारीले आन्दोलनकारीलाई बाहिर निकालेको देख्न सकिन्छ ।

‘हाम्रा सदस्यहरूलाई लन्डनको नुसर—एट रेस्टुरेन्टबाट बाहिर निकालियो । यो रेस्टुरेन्ट मासु र मांसाहारी परिकारका लागि प्रसिद्ध छ । मानिसहरूलाई यस प्रकारको खाना खुवाउनु पशु शोषण हो । यो वातावरणका लागि पनि खतरा हो । यो दिगो खाद्य प्रणाली होइन।’ सेयर गरिएको भिडिओमा लेखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर