सरकारको सम्पत्ति डेढ खर्ब, सबैभन्दा धनी गृह मन्त्रालय (सम्पत्ति विवरणसहित) – Nepal Press

सरकारको सम्पत्ति डेढ खर्ब, सबैभन्दा धनी गृह मन्त्रालय (सम्पत्ति विवरणसहित)

काठमाडौं । सरकारको सार्वजनिक सम्पत्ति १ खर्ब ५० अर्ब ९५ करोड ९१ लाख रुपैयाँ देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक सम्पत्ति मूल्यांकन व्यवस्थापन प्रणालीमा समावेश गरेको तथ्यांकअनुसार सरकारी मन्त्रालय र तिनका निकायमा सो मूल्य बराबरको सम्पत्ति रहेको हो ।

तथ्यांकअनुसार सबैभन्दा बढी गृह मन्त्रालयको ४४ अर्ब २८ करोड ७७ लाख रुपैयाँ सम्पत्ति रहेको छ । सबैभन्दा कम दलित आयोगको २ करोड सम्पत्ति मौज्दात रहेको छ ।

दोस्रो बढीमा रक्षा मन्त्रालयको ४१ अर्ब ४४ करोड र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ८ अर्ब १८ करोड रहेको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

हालसम्म सार्वजनिक निकायले नियमानुसार मूल्यांकन नगर्दा र प्राकृतिक स्रोतसाधनको समेत मूल्य निर्धारण गर्न नसक्दा सार्वजनिक सम्पत्ति कति छ भने खुलाउन समस्या देखिएको महालेखाले भनेको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सञ्चालन गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमएस) मा तीनै तहका सरकारको खर्च भएर जाने र खर्च नहुने जिन्सी तथा सम्पत्ति (घर, मेशिनरी औजार, जग्गा तथा फर्निचरलगायत) को प्रविष्ट हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर