गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज, बम नभएको पुष्टि (भिडिओ) – Nepal Press

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज, बम नभएको पुष्टि (भिडिओ)

काठमाडौं । एमालेका नेता तथा काभ्रेका नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा  फेला परेकाे उक्त शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज  गरेकाे हाे । बम जस्तो देखिएपनि बम भने नभएको सेनाले जनाएको छ ।

प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा  पुगेकाे थियाे ।

आज बिहान बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला थियो । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर