धनराजलाई बधाई दिँदै पद्माले भनिन्- आउँदा दिनमा प्रतिस्पर्धीलाई हमला र बुथ कब्जा गर्ने दुष्कर्म नगर्नुस् – Nepal Press

धनराजलाई बधाई दिँदै पद्माले भनिन्- आउँदा दिनमा प्रतिस्पर्धीलाई हमला र बुथ कब्जा गर्ने दुष्कर्म नगर्नुस्

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालल स्याङ्जा २ बाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै उनले उपसभापति गुरुङले स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न नसकेको बताइन् । बुथ कब्जा गरिएको ठाउँमा पुन मतदानको माग गरेकी अर्यालले आफू जनताको मतबाट पराजित हुन तयार भएपनि राज्यबाट सुनुवाई नभएको गुनासो गरेकी छन् ।

उनले लेखेकी छन्,‘म र म आवद्ध पार्टी नेकपा (एमाले) को तर्फबाट एउटा प्रश्न गरिएको थियो । स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं ।साक्षीका रुपमा कयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो , मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो । हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं , त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरि खसालिएको मतलाइ हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन ।’

साथै अर्यालले आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरित नहोस् भन्दै गुरुङलाई शुभकामना दिएकी छन् । युवाहरुको जोश जाँगरलाई स्वार्थ अनुकूल दुरुप्रयोग गरी प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्ममा नलगाउन आग्रह गरेकी छन् ।

गुरुङलाई शालिन र लोकतन्त्रमाथि विश्वास गर्ने नेताको रुपमा बुझेको निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले बुझाइ झुठो प्रमाणीत गरिदिएको समेत बताइन् ।

उनले लेखेकी छन्,‘मैले तपाईंलाई सालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणीत गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन् ।खैर अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन । सबैकुरा भुलेर जनताको सेवा गर्न , स्याङ्जाको विकास निर्माणमा सहकार्य गरि अगाडि बढ्न प्रतिबद्ध छु । हामीले अगाडि बढाएका कयौं योजनाहरु छन, तिनलाई पुर्णतास् दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवस्यक छन त्यसका लागि हरदम साथ दिन तयार छु ।’


प्रतिक्रिया

One thought on “धनराजलाई बधाई दिँदै पद्माले भनिन्- आउँदा दिनमा प्रतिस्पर्धीलाई हमला र बुथ कब्जा गर्ने दुष्कर्म नगर्नुस्

  1. चरम स्वार्थी र गुण्डा प्रवृत्तिको मान्छे हो । के को शालिन हुनु नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर