बाजुराबाट प्रदेश सभामा कांग्रेसका शाही विजयी – Nepal Press

बाजुराबाट प्रदेश सभामा कांग्रेसका शाही विजयी

अघिल्लो पटक प्रतिनिधि सभामा विजयी भएका एमालेका थापा प्रदेश सभामा पराजित

कैलाली । एउटा मात्रै निर्वाचन रहेको बाजुराको प्रदेश सभा २ मा नेपाली कांग्रेसका पदमबहादुर शाही प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। एमालेका लालबहादुर थापालाई ५ हजार ५९८ मतान्तरले पछि पार्दै कांग्रेसका थापा प्रदेश सभामा निर्वाचित भएका हुन् ।

शाहीले २० हजार ११९ मत प्राप्त गर्दै निर्वाचित हुँदा थापाले १७ हजार ५२१ मत प्राप्त गरेका थिए । यस पटक प्रदेशसभामा पराजित भएका थापा अघिल्लो पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

यस अघि हिजै सार्वजनिक भएको नतिजा अनुसार प्रदेश सभा १ मा पनि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नरेश शाही विजयी भइसकेका छन् । उनले एमालेका अघिल्लो पटक प्रदेश सभामा निर्वाचित भएका बलदेव रेग्मीलाई पराजित गरे

। प्रतिनिधि सभामा पनि कांग्रेसका बद्री पाण्डेले अग्रता बनाइरहेका छन् । उनलाई एमालेका कर्ण थापाले पच्छाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर