अर्जेन्टिनाको अग्रता दोब्बर, अल्भारेजले गरे गोल – Nepal Press

अर्जेन्टिनाको अग्रता दोब्बर, अल्भारेजले गरे गोल

दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अहिले भइरहेको प्रिक्वाटरफाइनल भिडन्तमा अर्जेन्टिनाले अस्ट्रेलियाविरुद्ध २-० गोलको अग्रता लिएको छ। ५७ औँ मिनेटमा जुलियान अल्भारेजले गोल गरेका हुन्। अस्ट्रेलियन गोलरक्षकको गल्तिको फाइदा उठाउँदै उनले गोल गरेका थिए।

त्यसअघि   खेलको ३५ औँ मिनेटमा लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल गरे। जारी विश्वकपमा मेस्सीको यो तेस्रो गोल हो। उनले क्लब र राष्ट्रिय टोलीका लागि गरि एक हजारौँ खेलमा गोल गरेका हुन्।

मेस्सीको विश्वकप गोल संख्या ९ पुगेको छ। डिएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीलाई उनले पछाडि पारेका छन्। जारी विश्वकपमा मेस्सीले समूहगत चरणका सुरुका दुई खेलमा एक एक गोल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *