धनराजप्रति नेकपा एसका उपमहासचिवको टिप्पणी- बुथ कब्जाको कालो दाग भिरेर जित्नुभयो – Nepal Press

धनराजप्रति नेकपा एसका उपमहासचिवको टिप्पणी- बुथ कब्जाको कालो दाग भिरेर जित्नुभयो

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा।विजय पौडेलले कांग्रेस उपसभापति धनराज गुरुङले बुथ कब्जाको कालो दाग भिरेर हिँड्नुपर्ने भएको टिप्पणी गरेका छन् ।

स्याङ्जा २ मा चापाकोट नगरपालिकाका ३ वटा बुथ कब्जा गरेर चुनाव जितेको आरोप लागेका गुरुङले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको नामबाट पनि भोट खसालेको पौडेलले आरोप लगाएका छन् ।

गुरुङको जित सुनिश्चित भएपछि उपमहासचिव पौडेलले फेसबुकमार्फत टिप्पणी गर्दै पापको फल अवश्य मिल्ने भएकाले गठबन्धनको सहयात्रीको नाताले पाप कटाउन सुझाव दिएको बताएका छन् ।

पौडेलले भनेका छन्- धनराज गुरुङजीले जीवनभर “बुथ कब्जा” को कालो दाग भिरेर हिँड्ने भए । धनराजले आफैँले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन् । लाजको मर्नु १ यो लोकतन्त्रको बेइज्जती हो । धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस् । लोकतन्त्रमा यस्तो झेल त गर्न हुन्न है । पापको फल अवश्य मिल्छ । गठबन्धनको सहयात्री भएकैले झन् लेख्नै पर्‍यो । खुला खुलस्त आत्मालोचना गर्नुस् अन्यथा भविष्यमा तपाईँको राजनीति सकियो, गुण्डागर्दी मात्रै बाँकी रहने छ ।

पौडेल सत्ता गठबन्धनको सुरुआती कार्यदलको सदस्य समेत रहेर काम गरेका नेता हुन् । उनले गुरुङले खुलस्त आत्मालोचना नगरे गुण्डागर्दी मात्र बाँकी रहने बताएका छन् ।


प्रतिक्रिया

3 thoughts on “धनराजप्रति नेकपा एसका उपमहासचिवको टिप्पणी- बुथ कब्जाको कालो दाग भिरेर जित्नुभयो

  1. काँग्रेसको काम नै गुण्डागर्दी गरेर वा पैसा खुवाएर चुनाव जित्ने हो । यस्ता गुण्डा र लुटेराहरूले गर्ने के होला ?

  2. कालाे काग्रेसी लाेकतन्त्रमा यस्ता झिना-मसिना कुरा सामान्य हुन रे, राताे पासपाेर्टकाे दुरूपयाेग, सेटिङ्गमा बुथकब्जा, मरेकाकाे नाममा एमाले बिरूद्दका सबै फर्जि मतदान, जायज मानिन्छन रे त !

  3. कालो काँग्रेस, गुरुङहरु यस्तो त नहुनु पर्ने

Leave a Reply to RS Rai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर