स्याङ्जा २–बुथ कब्जा भएको भनिएको चापाकोट ३ मा आयो रोचक नतिजा – Nepal Press

स्याङ्जा २–बुथ कब्जा भएको भनिएको चापाकोट ३ मा आयो रोचक नतिजा

पोखरा । कांग्रेसले बुथ कब्जा गरेको भनेर एमालेले पुनः मतदान माग गरेका स्याङ्जा २ को चापाकोट नगरपालिकाका वडा नम्बर ३,४ र ५ को मतगणना शुरु भएको छ ।

बुथ कब्जा भएको भनिएको चापाकोट ३ को मतगणना सकिँदा कांग्रेसका धनराज गुरुङले १४२६ मत पाउँदा एमालेकी पद्मा अर्यालको १०३ मत आएको छ । उनीहरुबीच १३२३ मत अन्तर रहेकाे छ ।

यहाँ मतदान शुरु भएको एक घण्टापछि कांग्रेसका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर एकलौटी मतदान गरेको आरोप छ ।

प्रदेशतर्फ पनि सो वडाबाट कांग्रेसका महेश भट्टराई धनराजकै जति १४२६ मत पाएका छन् भने एमालेका बुद्धिमान श्रेष्ठको १०३ मत छ । यहाँ पनि १३२३ मतकाे अन्तर रहेकाे छ ।

प्रायः एउटै दलका पनि प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको मत तलमाथि आउने गर्छ ।

तर यो वडाबाट भने दुवै दलका दुवै उम्मेदवारको मत बराबरी आएको छ । चापाकोट ४ र ५ मा पनि बुथ कब्जा भएको भन्दै एमालेले पुनः मतदान माग गरेको थियो । तर निर्वाचन आयोगले मान्यता दिएपछि गणना भइरहेको छ ।

चापाकोट ३ गनिसक्दा धनराज २५ हजार ६५१ मतका साथ अगाडि छन् भने पद्मा २२ हजार २१३ मतका साथ पछ्याइरहेकी छन् । अब चापाकोट ४ गणना शुरु भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर