लोकप्रिय मतमा ४४ जिल्लामा एमाले पहिलो-कांग्रेस हाफ, अरुको यस्तो छ ग्राफ (सूचीसहित) – Nepal Press

लोकप्रिय मतमा ४४ जिल्लामा एमाले पहिलो-कांग्रेस हाफ, अरुको यस्तो छ ग्राफ (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फको अहिलेसम्म सम्पन्न मतगणना अनुसार नेकपा (एमाले)ले ४४ जिल्ला र ७२ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेर लोकप्रियताको आधारमा पहिलो पार्टी बनेको छ । देशभरका ७७ जिल्ला र १६५ क्षेत्रमा भएको निर्वाचनमा दोस्रोमा नेपाली काँग्रेसले २० जिल्ला र ४८ निर्वाचन क्षेत्रमा सबै भन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको जम्मा मतका आधारमा तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र)ले भने ५ जिल्ला र ९ वटा निर्वाचन क्षेत्रमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पाटीले २ जिल्लामा सबैभन्दा बढी मत प्राप्त गरे पनि निर्वाचन क्षेत्रमा भने माओवादी भन्दा दोब्बर बढी १४ निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले २ जिल्लामा सबैभन्दा बढी मत प्राप्त गर्दा ४ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा ठूलो दल बनेका छन् । एक जिल्ला अर्थात सप्तरीमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको जनमत पार्टीले भने मधेश प्रदेशका ६ वटा निर्वाचन क्षेत्रमा पहिलो लोकप्रिय मत पाएको छ । एक जिल्ला अर्थात महोत्तरीमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको लोकतान्त्रिक समाजवादी पार्टीले मधेश प्रदेशका २ र लुम्बिनी प्रदेशको एक निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गर्न सफल भएको छ ।

एक जिल्ला अर्थात भक्तपुरमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको नेपाल मजदुर किसान पार्टीले सोही जिल्लाको क्षेत्र नम्बर १ मा सर्वाधिक मत पाएको छ । प्रत्यक्षमा ७ सीट जितेको जसपाले समानुपातिक मतमा पनि एउटा पनि जिल्लामा पहिलो मत पाएन । जसपाले मधेश प्रदेशका ३ र लुम्बिनी प्रदेका २ वटा गरेर ५ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेको छ ।प्रत्यक्षतर्फ ७ सीट जितेको र समानुपातिकमा पनि पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले लुम्बिनी प्रदेशकै एक निर्वाचन क्षेत्रमा मात्रै सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

मतगणना भइरहेकामध्ये दोलखामा एमालेले समानुपातिकमा अग्रता लिएको छ भने स्याङजा २ मा कांग्रेसको अग्रता छ । बाजुराको समानुपातिक मत गणना भएको छैन ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ खसेको मतमध्ये १ करोड ४ लाख ४ हजार ७६६ मत सदर भएको छ । जसको २६.७५ प्रतिशत अर्थात २७ लाख ८३ हजार ३८७ मत नेकपा (एमाले)ले प्राप्त गरेको छ भने दोस्रोमा सबैभन्दा बढी २५.४९ प्रतिशत अर्थात २६ लाख ५२ हजार ६२८ मत नेपाली काग्रेसले प्राप्त गरेको छ । तेस्रोमा नेकपा (माओवादी केन्द्र)ले ११.१६ प्रतिशत अर्थात ११ लाख ६१ हजार ८८० मत प्राप्त गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १०.७९ प्रतिशत अर्थात ११ लाख २३ हजार ७८ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५.६३ प्रतिशत अर्थात ५ लाख ८६ हजार २५९ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टीले ४.०४ प्रतिशत अर्थात ४ लाख २० हजार ९४३ मत प्राप्त गरेको छ । जनमत पार्टीले ३.७९ प्रतिशत अर्थात ३ लाख ९४ हजार ३८५ मत प्राप्त गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले भने २.८२ प्रतिशत अर्थात २ लाख ९४ हजार १०० मत मात्रै प्राप्त गरेको छ । अहिलेसम्म समानुपातिकतर्फ खसेको मतमध्ये सदरमतको ३ प्रतिशत अर्थात थ्रेसहोल्ड कटाउन सकेको छैन । बाजुरा, दोलखा र स्याग्जा क्षेत्र नम्बर २ को मत गणना जारी रहेकाले ति क्षेत्रमा नेकपा एसले बढी मत ल्याउन सके मात्रै थ्रेस होल्ड कटाउने सम्भावना छ ।

एमाले पहिलो बनेका ४४ जिल्ला

प्रदेश १

ताप्लेजुङ

पाँचथर

इलाम

झापा

संखुवासभा

तेह्रथुम

भोजपुर

धनकुटा

सुनसरी

सोलुखुम्बु

खोटाङ

ओखलढुंगा

उदयपुर

मधेस प्रदेश

सिरहा

बारा

बागमती प्रदेश

रामेछाप

सिन्धुली

धादिङ

ललितपुर

काभ्रेपलाञ्चोक

सिन्धुपाल्चोक

मकवानपुर

दोलखा अग्रता

गण्डकी प्रदेश

लमजुङ

कास्की

नवलपरासी पूर्व

मुस्ताङ

म्याग्दी

पर्वत

लुम्बिनी प्रदेश

गुल्मी

पाल्पा

अर्घाखाची

कपिलवस्तु

प्यूठान

दाङ

बाँके

कर्णाली प्रदेश

सल्यान

डोल्पा

मुगु

जुम्ला

दैलेख

सुदूरपश्चिम प्रदेश

बझाङ

दार्चुला

बैतडी

कांग्रेस पहिलो बनेका २० जिल्ला

प्रदेश १

मोरङ

मधेस प्रदेश

धनुषा

सर्लाही

रौतहट

पर्सा

बागमती प्रदेश

रसुवा

नुवाकोट

गण्डकी प्रदेश

मनाङ

तनहुँ

स्याङजा (अग्रता)

बागलुङ

लुम्बिनी प्रदेश

रुपन्देही

नवलपरासी पश्चिम

कर्णाली प्रदेश

हुम्ला

जाजरकोट

सुर्खेत

सुदूरपश्चिम प्रदेश

अछाम

डोटी

डडेल्धुरा

कञ्चनपुर

माओवादी पहिलो बनेका ५ जिल्ला

गण्डकी

गोरखा

लुम्बिनी

रुकुम पूर्व

रोल्पा

कर्णाली

कालिकोट

रुकुम पश्चिम

घण्टी पहिलो बनेका २ जिल्ला

काठमाडौं

चितवन

नागरिक उन्मुक्ति पहिलो बनेका २ जिल्ला

बर्दिया

कैलाली

जनमत पहिलो बनेको १ जिल्ला

सप्तरी

लोसपा पहिलो बनेको १ जिल्ला

महोत्तरी

नेमकिपा पहिलो बनेको १ जिल्ला

भक्तपुर

एमालेले पहिलो बनेका ७१ निर्वाचन क्षेत्र

प्रदेश १

ताप्लेजुङ–१

पाँचथर–१

इलाम–१

इलाम–२

झापा–१

झापा–२

झापा–४

झापा–५

संखुवासभा–१

तेहंथुम–१

भोजपुर–१

धनकुटा–१

मोरङ–१

मोरङ–२

सुनसरी–१

सुनसरी–२

सुनसरी–३

सोलुखुम्बु–१

खोटाङ–१

ओखलढुंगा–१

उदयपुर–१

मधेश प्रदेश

धनुषा–१

धनुषा–२

धनुषा–४

बारा–३

बारा–४

बागमती प्रदेश

भक्तपुर–२

काभ्रेपलाञ्चोक–१

काभ्रेपलाञ्चोक–२

सिन्धुपाल्चोक–१

सिन्धुपाल्चोक–२

रामेछाप–१

सिन्धुली–१

सिन्धुली–२

धादिङ–१

नुवाकोट–१

मकवानपुर–१

मकवानपुर–२

दोलखा १ (अग्रता)

गण्डकी प्रदेश

लमजुङ–१

कास्की–१

कास्की–३

तनहु–२

स्याङजा–१

नवलपरासी पूर्व–२

मुस्ताङ–१

म्याग्दी–१

पर्वत–१

लुम्बिनी प्रदेश

गुल्मी–१

गुल्मी–२

पाल्पा–१

पाल्पा–२

अर्घाखाची–१

रुपन्देही–५

कपिलवस्तु–१

कपिलवस्तु–३

प्यूठान–१

दाङ–१

दाङ–२

बाँके–१

बर्दिया–१

कर्णाली प्रदेश

सल्यान–१

डोल्पा–१

मुगु–१

जुम्ला–१

दैलेख–१

दैलेख–२

सुर्खेत–२

सुदूरपश्चिम प्रदेश

बझाङ–१

कैलाली–४

दार्चुला–१

बैतडी–१

कञ्चनपुर–१

कांग्रेसले पहिलो बनेका ४८ वटा निर्वाचन क्षेत्र

प्रदेश १

झापा–३

मोरङ–३

मोरङ–४

मोरङ–५

मोरङ–६

सुनसरी–४

मधेश प्रदेश

सिराहा–१

सिरहा–३

धनुषा–३

सर्लाही–२

सर्लाही–४

रौतहट–१

रौतहट–२

रौतहट–३

रौतहट–४

बारा–१

पर्सा–२

पर्सा–३

पर्सा–४

बाग्मती प्रदेश

रसुवा–१
धादिङ–२

नुवाकोट–२

काठमाडौं–१

काठमाडौं–३

काठमाडौं–४

काठमाडौं–१०

ललितपुर–१

गण्डकी प्रदेश

मनाङ–१

तनहुँ–१

स्याङजा–२ (अग्रता)

बागलुङ–१

बागलुङ–२

लुम्बिनी प्रदेश

रुपन्देही–१

रुपन्देही–३

कपिलवस्तु–२

दाङ–३

बाँके–३

नवलपरासी पश्चिम–१

कर्णाली प्रदेश

हुम्ला–१

जाजरकोट–१

सुर्खेत–१

सुदूरपश्चिम प्रदेश

अछाम–१

अछाम–२

डोटी–१
कैलाली–५

डडेल्धुरा–१

कञ्चनपुर–२

कञ्चनपुर–३

रास्वपाले पहिलो बनेका १४ वटा निर्वाचन क्षेत्र

काठमाडौं–२

काठमाडौं–५

काठमाडौं–६

काठमाडौं–७

काठमाडौं–८

काठमाडौं–९

ललितपुर–२

ललितपुर–३

चितवन–१

चितवन–२

चितवन–३

कास्की–२

नवलपरासी पूर्व–१

रुपन्देही–२

माओवादीले पहिलो बनेका ९ वटा निर्वाचन क्षेत्र

महोत्तरी–१

सर्लाही–१

सर्लाही–३

गोरखा–१

गोरखा–२

रुकुम पूर्व–१

रुकुम पश्चिम–१

रोल्पा–१

कालिकोट–१

जनमत पार्टीले पहिलो बनेका ६ वटा निर्वाचन क्षेत्र

सप्तरी–१

सप्तरी–२

सप्तरी–३

सप्तरी–४

सिराहा–२

सिराहा–४

नागरिक उन्मुक्तिले जितेका ४ वटा निर्वाचन क्षेत्र

बर्दिया–२

कैलाली–१

कैलाली–२

कैलाली–३

जसपा पहिलो बनेका ४ वटा निर्वाचन क्षेत्र

महोत्तरी–४

बारा–२

पर्सा–१

बाँके–२

लोसपा पहिलो बनेका ३ वटा निर्वाचन क्षेत्र

महोत्तरी–२

महोत्तरी–३

रुपन्देही–४

राप्रपा पहिलो बनेको १ क्षेत्र

नवलपरासी पश्चिम–२

नेमकिपा पहिलो बनेको १ क्षेत्र

भक्तपुर–१


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर