बालेनलाई भीम रावलकाे अर्काे प्रश्न- स्वाभिमानकाे रक्षा गराैं भन्ने मेराे प्रश्नले घाेचेकाे हाे ? – Nepal Press

बालेनलाई भीम रावलकाे अर्काे प्रश्न- स्वाभिमानकाे रक्षा गराैं भन्ने मेराे प्रश्नले घाेचेकाे हाे ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेटेको हो ? भन्दै फेरि अर्को प्रश्न गरेका छन् ।

नेता रावलले अमेरिकी राजदूतले काठमाडौं महानगरका मेयरलाई भेटेको विषयमा उठाएको प्रश्नको जवाफ मेयर साहले आरोपसहित फर्काएपछि अर्को प्रश्न गरेका हुन् ।

उनले नागरिकले उठाएका प्रश्नकोतथ्यसंगत जवाफ दिनु पदीय दायित्व भएको बताएका छन् । आज एक विज्ञप्तिमार्फत संवेदनशील विषयमा मेयर साहले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको भए अनुमति लिएर भेटेको भन्ने सरल जवाफ दिएको भए त्यो जिम्मेवारपूर्ण प्रयाप्त र इमान्दार जवाफ ठहरिने बताए।

उनले काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहको अमेरिकी राजदूतसँगको भेटवार्ता परराष्ट्र मन्त्रालयको स्वीकृतिमा भएको हो कि होइन भनी प्रश्न गरेका थिएँ । तर उबालेनले “तपाईहरु जस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेको उनको भनाइ छ ।

नेता रावलले भनेका छन्,‘नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौं भन्ने मेरो भनाईले घोचेको हो कि ? म फेरी पनि बालेनजीलाई प्रश्न गर्छु, के तपाईले परराष्ट्र मन्त्रालयसFग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नु भएको हो ? तपाईले भन्नु भए झैं “उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट  स्वीकृति लिएर आएको जानकारी तपाईलाई कसरी भयो? परराष्ट्र मन्त्रालयको पत्रबाट ? फोनबाट वा इमेलबाट रु पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस् ।’

आवेश, उत्तेजना र ओठेजवाफ जनउत्तरदायी प्रणालीसंग मेल नखाने उनले बताए ।साथै नेता रावलले महानगरलेपेश गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै बताए ।

रावलले भने,‘तपाईले असान्दर्भिक नै भएपनि जवाफमा “विदेशी सहयोग माग्ने कुनै रहर छैन” भन्नु भएको कुरालाई जनताले सम्झने नै छन् तथा तपाईले पेश गर्ने वार्षिक पेश गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ ।बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ ।’


प्रतिक्रिया

2 thoughts on “बालेनलाई भीम रावलकाे अर्काे प्रश्न- स्वाभिमानकाे रक्षा गराैं भन्ने मेराे प्रश्नले घाेचेकाे हाे ?

  1. यो देशमा चर्चामा आईरहन कि त ठुलो माान्छेलाई प्रश्न सोध्नुपर्ने रहेछ कि त ठुलो मान्छेलाई गाली गर्नुपर्दोरहेछ ।

  2. मान्छे भारतीय र को एजेण्ट कुरा चर्का राष्ट्रवादी ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर