प्रदेश १ मा समानुपातिकको गणना सकियो : कुन दलबाट काे-को पर्दैछन् ? (सूचीसहित) – Nepal Press

प्रदेश १ मा समानुपातिकको गणना सकियो : कुन दलबाट काे-को पर्दैछन् ? (सूचीसहित)

विराटनगर । प्रदेश १ मा समानुपातिक तर्फको मत गणना सकिएको छ । समानुपातिक तर्फको मत गणना सकिएपनि निर्वाचन आयोगले आधिकारिक रुपमा कुन दलले कति सीट पाउने भन्ने सार्वजनिक गरेको छैन ।

आयोगले औपचारिक रुपमा घोषणा नगरेपनि समानुपातिकतर्फ सबैभन्दा बढी सीट प्रदेश १ मा एमालेले पाउने छ । प्रदेश १ मा सबैभन्दा बढी नेकपा एमालेले ६ लाख ६५ हजार ४६० मत पाएको छ ।

यति मत पाँउदा एमालेले १४ सीट पाउने छ । एउटा सीट एमालेले पाउनेकी जनता समाजवादील पाउने भन्ने अझै हिसाब भइनसकेको प्रदेश १ निर्वाचन कार्यालयले जनाएको छ । एमालेपछि समानुपातिकमा नेपाली कांग्रेसले बढी मत पाएको छ । कांग्रेसले ५ लाख ६२ हजार ९५६ मत पाउँदा उसले १२ सिट पाउने देखिएको छ ।

यस्तै राप्रपाले प्रदेश १ मा समानुपातिक तर्फ १ लाख ९८ हजार ५११ मत पाएको छ । राप्रपाले समानुपातिक तर्फ ४ सीट पाउने देखिएको छ । राप्रपा पछि चौथो बढी मत पाएको माओवादी केन्द्रले प्रदेश १ मा १ लाख ८१ हजार २४५ मत पाएको छ ।
माओवादीले पनि ४ सीट समानुपातिक तर्फ पाउने देखिन्छ । निर्वाचन आयोगका अनुसार जनता समाजवादीले प्रदेश १ मा ६१ हजार ७२३ मत पाएको छ ।

उसले १ सीट कन्फर्म पाउनेछ । उसले १ दशमलब ३२३ मत पाउँदा २ सीट पनि पाउन सक्ने छ । यदि जनता समाजवादीको १ मात्रै भए एमालेको १५ सीट समानुपातिकमा हुने छ । प्रदेश १ मा थ्रेस होल्ड कटाएको एकीकृत समाजवादीले समानुपातिक तर्फ १ सीट पाउने छ ।

यसरी हुनेछ समानुपातिक सिट बाँटफाँड

प्रत्यक्ष तर्फ दलहरुले जितेका सीटका आधारमा प्रदेश १ मा समानुपातिकका ३७ सीटमध्ये ३१ जना महिला प्रदेश सभा सदस्य हुनेछन् । प्रदेश सभामा ६ जना पुरुष समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य हुने छन् । ४ सीट पाउने माओवादीले सबै महिला पठाउनु पर्नेछ । जसमा २ आदिवासी जनजाति, १ खसआर्य र १ दलितलाई प्रदेश सभामा पठाउनु पर्ने छ ।

४ सीट पाउने राप्रपाले १ महिला र ३ पुरुष पठाउनुपर्नेछ । जसमा २ आदिवासी जनजाति, १ खसआर्य र १ दलित रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

१२ सीट पाउने काँग्रेसले २ पुरुष र १० महिला प्रदेश सभामा समानुपातिक तर्फबाट पठाउनुपर्नेछ । जसमा ६ आदिवासी जनजाति, ३ खसआर्य, १ दलित, १ मधेशी र १ थारु हुनुपर्ने देखिन्छ ।

समानुपातिक तर्फबाट १४ सीट पाउने एमालेले १ पुरुष र १३ महिलालाई समानुपातिक तर्फबाट प्रदेश सभामा पठाउनुपर्नेछ । जसमा ६ आदिवासी जनजाति, ४ खस आर्य, १ दलित, १ मधेशी र १ थारु अनिवार्य हुनुपर्ने छ ।

एकीकृत समाजवादीले महिला र जसपाले पनि महिला नै समानुपातिक तर्फबाट पठाउनु पर्ने देखिएको छ ।

एमालेका यी हुन् सम्भावित सांसद

१४ सीट मध्ये एकजना खस आर्य पुरुषमा १ पुरुष पठाउन पाउनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको एमालेको समानुपातिक बन्दसूचीको १ नम्बरमा खसआर्य तर्फबाट १ नम्बरमा किशोरकमार अधिकारी रहेकाले उनी प्रदेश सभा सदस्य हुने छन् ।

१३ जना महिलामध्ये ६ जना आदिवासी जनजाति महिला, ४ जना खस आर्य महिला, मधेशी, दलित र थारुमा एक एक जना महिला समानुपातिकबाट पर्ने देखिन्छ ।

निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार जनजाति कोटामा पहिलो नम्बरबाट क्रमश उदयपुरकी सिर्जना दनुवार, झापाकी कमला थापा मगर, सुनसरीकी मिना श्रेष्ठ, भोजपुरकी सिर्जना राई र मोरङकी मालती कुमारी लिम्बु छन् ।

त्यस्तै, ४ जना खस आर्य महिलामध्ये बन्दसूचीमा क्रमश १ नम्बरबाट मोरङकी शिला दीक्षित कार्की, झापाकी तारादेवी ढकाल, सुनसरीकी मिरादेबी खनाल र उदयपुरकी गितादेवी रेग्मी रहेका छन् । यस्तै, दलित महिला तर्फ कमलादेवी दर्नाल तेह्रथुम, मधेशी महिलामा गितारानी महतो झापा र थारु क्लष्टरबाट ललिताकुमारी चौधरी मोरङको नाम १ नम्बरमा छ ।

एमाले प्रदेश १का अध्यक्ष महिला पुरुष मिलाउँदा केही तलमाथि हुन सक्ने र यसको लागि केन्द्रीय नेताहरुसँग छलफलमा रहेको बताए ।

कांग्रेसका १२ समानुपातिक सांसद

नेपाली काँग्रेसले समानुपातिकमा १२ वटा सीट पाउँदा २ पुरुष र १० जना महिला समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य हुने छन् । जसमा ६ जना आदिवासी जनजाति महिला, ३ जना खस आर्य महिला, एक-एक जना दलित, मधेशी र थारु महिलालाई सांसद बनाउनु पर्ने देखिन्छ ।

समानुपातिकको बन्द सूचीमा खसआर्य पुरुषको १ नम्बरमा झापाका उद्धव थापा छन् । आदीवासी तर्फ भने मोहन महर्जनको नाम १ नम्बरमा छ ।

आदिवासी जनजाति महिला तर्फ क्रमश पाँचथरकी मैया श्रेष्ठ, सोलुखुम्बुकी डोल्मा तामाङ, उदयपुरकी लिलाकुमारी राई, सुनसरीकी ममता मगर तामाङ, मोरङकी शोभा चेम्जोङ पालुङ्वा पर्न छन् । उनीहरु प्रदेश सभा सदस्य हुने सम्भावना छ ।
खसआर्य महिलामा धनकुटाकी ईन्दीरा थापा, ईलामकी खगेश्वरी पौडेल, धनकुटाकी सुमना तिम्सिना प्रदेश सभा सदस्य हुने देखिन्छ ।

थारु क्लष्टरबाट सुनिता गच्छदार चौधरी सुनसरी, दलित महिला तर्फ पम्फादेबी विश्वकर्मा झापाका छन् । मधेशी महिलामा लक्ष्मीकुमारी ठाकुर सुनसरीबाट प्रदेश सभा सदस्य हुने देखिन्छ । पुरुष प्रदेश सभा सदस्यमा चाँही खस आय र जनजाती को के भन्ने नखुल्दा एक जनाको नाम तलमाथि हुने निर्वाचन आयोगले जनाएको छ ।

माओवादीबाट को-को ?

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ४ जना सांसद समानुपातिमा पाउनेछ । जसमा दुईजना जनजाति महिला, एक खस आर्य र एक दलितको प्रतिनिधित्व गराउनु पर्ने छ । निर्वाचन आयोगमा बुझाएको बन्द सूचीअनुसार आदिवासी जनजाती कोटामा झापाकी बन्दना झाँगर र उदयपुरकी सम्झना थाम्सोहाङ, खसआर्यको पहिलो नम्बर र २ नम्बरमा छ । खस आर्य महिला तर्फ १ नाम्बरमा मोरङकी गिता तिम्सिना र दलित तर्फ पहिलो नम्बरमा रहेकी सुनसरीकी सपना परियार छन् ।

राप्रपामा चार सिट

प्रदेश १ मा प्रत्यक्षमा २ सीट, एक खसआर्य र एक दलित हुने देखिन्छ ।

प्रेमराज थाम्सोहाङ पाँचथर, आङ्गेल्बु शेर्पा सोलुखुम्बु, अम्बरबहादुर विष्ट मध्येबाट प्रदेश सभा सदस्य हुने छन् । दलित महिला तर्फ भिमकुमारी घतानी पर्नसक्ने देखिन्छ । यसमा निर्वाचन आयोगले गर्ने निर्णयमा भर पर्ने बताईन्छ । नेकपा एकीकृत समाजवादीले एक जना समानुपातिकबाट प्रदेश सभा सदस्य पाउँदा महिला जनजातिलाई समावेश गराउनु पर्ने छ ।

एकीकृत समाजवादीले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा मोरङकी विद्या चाम्लिङ राईको नाम छ ।

जसपाबाट ताप्लेजुङकी निर्मला लिम्बुको नाम पहिलो नम्बरमा छ । कुन्दा देवी लावती राईको नाम पनि बन्द सूचीमा  छ । यदि दुई जना सांसद पाएको खण्डमा चन्द्रादेवी थापा र भिम राई मध्ये बाट थप १ जना प्रदेश १ को सांसद बन्ने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर