दोलखा अपडेट- एमालेका शिवाकोटीले मतान्तर घटाए, कालिञ्चोक पुग्दा कसको कति ?


काठमाडौं । दोलखामा मतगणनाको सुरुदेखि फराकिलो मतान्तरले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पछि पारेका गठबन्धनका गंगा कार्कीको अग्रता घटेको छ ।
शैलुङ गाउँपालिका र गौरीशंकर गाउँपालिका गनिसक्दा करीव २ हजार मतान्तरले पछि परेका शिवाकोटीले कालिञ्चोक गाउँपालिकाको गणनापछि मतान्तर घटाएका हुन् ।
शुक्रवार साँझ ७ बजेसम्मको गणनामा कार्कीले ५ हजार ६३४मत पाएका छन् भने शिवाकोटीले ४ हजार ७८७ मत पाएका छन् । २ हजारको मतान्तरलाई घटाएर शिवाकोटीले ८ सयमा झारेका हुन् ।
कालिञ्चोक शिवाकोटीको गाउँपालिका हो । वडा नम्बर १ मा भने गठबन्धनले कब्जा गरेको थियो । गौरीशंकर गाउँपालिका कार्कीको गृहपालिका हो ।