कालिगण्डकी गणना भइरहँदा कांग्रेसका धनराजको अग्रता घट्यो, एमालेकी पद्माको कति ?

२०७९ मंसिर १६ गते १९:०२

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा ४० हजार मत गणना गरिसक्दा नेकपा एमालेकी सचिव पद्मा अर्यालले कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता केही खुम्च्याएकी छन् ।
कालिगण्डी गाउँपालिकाको मतगणना भइरहँदा अर्यालको मत केही बढेको हो । सो गाउँपालिका एमालेले जितेको छ ।
हालसम्म कांग्रेसका धनराजको १६ हजार ७३६ मत छ भने एमालेकी पद्माको १५ हजार १६४ मत छ ।
स्वतन्त्र पार्टीका टिबहादुर गुरुङले ६ हजार २६६ मत पाएका छन् । कुल ७० हजार मत खसेकोमा अझै ३० हजार गन्न बाँकी छ ।
प्रतिक्रिया