नेकपा एसका महासचिव बेदुरामलाई मुकुन्द न्यौपानेको कटाक्ष-हतार हतार छोप्न खोज्नु लज्जास्पद – Nepal Press

नेकपा एसका महासचिव बेदुरामलाई मुकुन्द न्यौपानेको कटाक्ष-हतार हतार छोप्न खोज्नु लज्जास्पद

काठमाडौं । नेकपा एसका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले माओवादी केन्द्रसँग एकीकरण गर्ने निर्णयमा पार्टीको मुख्य नेतृत्वले ‘डबल रोल’ खेलेको आरोप लगाएका छन् । एमालेसहित एकताको पक्षमा वकालत गर्दै आएका न्यौपानेले माओवादीसँग नेकपा एसको एकता भएमा आफूहरु त्यहाँ संलग्न नहुने बताउँदै आएका छन् ।

पछिल्लो समय माओवादी केन्द्रका महासचिव देव गुरुङसहितका नेताहरुले चाँडै नेकपा एससँग एकीकरण हुने बताएपछि पार्टी महासचिव डा.बेदुराम भुसालले वक्तव्यमार्फत तत्काल एकताको कुनै सम्भावना नरहेको र वार्ता तथा संवाद पनि नभएको प्रष्टिकरण दिएका थिए ।

न्यौपानेले भने पार्टीको अन्तर पार्टी निर्देशन सार्वजनिक गर्दै नेकपा एसले माओवादी केन्द्रसँग एकीकरण गर्नका लागि पार्टी एकता संयोजन समिति नै गठन गरेको र यता कार्यकर्ताको विरोध छोप्न वक्तव्य दिएको भन्दै आलोचना गरेका छन् ।

न्यौपाने वक्तव्य दिँदै भनेका छन्-सुर्खेतमा माओवादी अध्यक्ष प्रचण्डले यहि कुरा भनेपछि मैले समाजवादीले नभनेको कुरा प्रचण्ड किन बोल्छन् भनेर एउटा बैठकमा कुरा उठाएपछि एकजना साथीले आफ्नो कमिटीको बैठकबाट अपानीमा लेखेर सर्कुलर गर्ने अनि प्रचण्डलाई आलोचना गर्ने ? भन्नुभयो । आज यत्रो कसरतपछि देशभरी कार्यकर्ताको विरोध देखेर हतार हतार विज्ञप्ति गरेर छोप्न खोज्नु कति शर्मको कुरा हो ?

माओवादीसँग एकीकरण गर्ने सन्दर्भमा पार्टीमा पटकपटक छलफल हुँदा आफूले विरोध गरेको न्यौपानेले बताएका छन् ।

 

 


प्रतिक्रिया

2 thoughts on “नेकपा एसका महासचिव बेदुरामलाई मुकुन्द न्यौपानेको कटाक्ष-हतार हतार छोप्न खोज्नु लज्जास्पद

  1. त्यो एकता यी पार्टीका नेताको चाहनाले कहाँ हुन्छ ? यिनका दक्षिणका मालिकले खुरूक्क मिल भनेको दिन यिनले लुरूक्क परेर एकता गर्छन ।

  2. विचरा! पुच्छर हल्लाई रहने मात्र नहो कुकुरको मालिकको आदेश बाहेक कहा फ्याँकेको भात पनि खान पाउँछ र!😂😂

Leave a Reply to परदेशी कान्छो Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर