समानुपातिकमा नेकपा एसलाई मनाङमा १७ मत, कहाँ आयो धेरै ? (सूचीसहित) – Nepal Press

समानुपातिकमा नेकपा एसलाई मनाङमा १७ मत, कहाँ आयो धेरै ? (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभा समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचान आयोगले अहिलेसम्म एक करोड ३ लाख ८२ हजार ८५ मत गनिसकेको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेले २७ लाख ७३ हजार ९९९, कांग्रेसले २६ लाख ४४ हजार २४१ र माओवादी केन्द्रले ११ लाख ६ हजार २५६ मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर थ्रेसहोल्ड कटाएको छ ।

आठौं दलको रुपमा थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार ६३ मत ल्याएको छ। थ्रेसहोल्ड कटाउन खसेको सदर मतको तीन प्रतिशत मत कटाउनुपर्छ ।

नेकपा एसले समानुपातिकतर्फ माधव नेपालको गृहजिल्ला रौतहटबाट सबैभन्दा धैरै मत ल्याएको छ । त्यहाँ ३२ हजार ७०० मत ल्याएको छ । भने सबैभन्दा कम मनाङ १७ मत मात्रै ल्याएको छ।

अहिले सभानुपातिकतर्फ दोलखा, बाजुरा र स्याङ्जा २ को मत गन्न बाँकी छ । समानुपतिकतर्फ नेकपा एसले कुन जिल्लामा कति मत ल्यायो ? हेरौं ।

प्रदेश १

ताप्लेजुङ १,५४५

पाँचथर ३,३८७

इलाम ८,६०७

झापा २,९०३

संखुवासभा २,५४८

तेह्रथुम ५८९

भोजपुर ३,६९३

धनकुटा २,४४९

मोरङ्ग ८,५६१

सुनसरी ४,१४६

सोलुखुम्बु १६२

खोटाङ्ग ३,३६३

ओखलढुंगा ४३०

उदयपुर ३,८६३

मधेश प्रदेश

सप्तरी ९,४४९

सिराहा २०,१६३

धनुषा १४,९०४

महोत्तरी ४,९००

सर्लाही ९,८२३

रौतहट ३२,७००

बारा ९,४१४

पर्सा ५,७३१

वागमती प्रदेश

रामेछाप १,३४८

सिन्धुली ७६१

रसुवा ३३६

धादिङ ८,४२९

नुवाकोट ९५८

काठमाडौं १२,२८५

भक्तपुर २,१५५

ललितपुर ३,१६०

काभ्रेपलाञ्चोक ८,०९८

सिन्धुपाल्चोक १,७००

मकवानपुर ३,८४१

चितवन ५,२१९

गण्डकी प्रदेश

गोरखा ५९६

मनाङ १७

लमजुंग ५८२

कास्की २,८७७

तनहुँ १,३९४

स्याङ्जा ५६३

नवलपरासी (पूर्व) १,४०१

मुस्तांग ५५

म्याग्दी २८५

बागलुङ ६४३

पर्वत ८६१

लुम्बिनी प्रदेश

गुल्मी १,८५९

पाल्पा १,८९२

अर्घाखांची १,०६७

रुपन्देही ३,०५५

कपिलवस्तु ८,४४७

रुकुम पूर्व ३७५

रोल्पा ९२६

प्यूठान ४९०

दाङ ४,६९१

बाँके १,८८६

बर्दिया १,४९६

नवलपरासी (पश्चिम) ६४८

कर्णाली प्रदेश

सल्यान ५,९७०

डोल्पा १,८२४

मुगु २,६१२

जुम्ला २,६४८

कालिकोट २,०५३

हुम्ला १,०२१

जाजरकोट ७८६

दैलेख ४,२४१

सुर्खेत २,८९०

रुकुम पश्चिम १,५१०

सुदूरपश्चिम प्रदेश

अछाम ४,३७०

बझाङ ५,००१

डोटी २,३७३

कैलाली ९,५५९

दार्चुला ४६३

बैतडी १,४००

डडेलधुरा ६६१

कन्चनपुर ६,९५५


प्रतिक्रिया

2 thoughts on “समानुपातिकमा नेकपा एसलाई मनाङमा १७ मत, कहाँ आयो धेरै ? (सूचीसहित)

  1. एसका जनता कति रहेछन देखिदैछ । भारतले भनिदिएर काँग्रेसले भोट हालेकाले२ ४ सिट जित्दैमा फुर्ति ? अनि एसका २-४ जना दामवालाले त पैसाकै भरमा जितेको पनि देखियो ।

  2. (भारतले) बोकेको कुकुरले पनि मृग (संसदमा जित) मारो त!

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर