कैलालीमा ग्रेडरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव परिवारले बुझे – Nepal Press

कैलालीमा ग्रेडरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव परिवारले बुझे

कैलाली । ग्रेडरले ठक्कर दिएर मृत्यु भएकी चेतना साउदको शव परिवारले बुझेका छन् ।

जिल्ला प्रहरी कार्यालयले बालिकालाई ठक्कर दिने ग्रेडरका चालक बिकल कुमालविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले चालकविरुद्ध किटान जाहेरी दर्ता भएर अदालतबाट ४ दिन म्याद थप गरिएपछि परिवारले शव बुझेको जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा परीक्षणपछि मृतकको शव परिवारको जिम्मा लगाएको सूचना अधिकारी जोशीले बताए ।
हिजो बिहान कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ बर्सिया साउदको घटना स्थलमै मृत्यु भएको थियो । बिद्यार्थीहरुले दोषीलाई कारवाहीको माग गर्दे हिजोदेखि आन्दोलन गरिरहेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर