कैलाली प्रहरीको स्पष्टोक्ति : निषेधाज्ञा तोड्न खोज्दा बल प्रयोग – Nepal Press

कैलाली प्रहरीको स्पष्टोक्ति : निषेधाज्ञा तोड्न खोज्दा बल प्रयोग

कैलाली। जिल्ला प्रहरी कार्यालय कैलाली विद्यार्थीको आन्दोलनमा बल प्रयोग गरेको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि बल प्रयोग गरेको स्वीकार गरे ।

उनले विज्ञप्तिमा निषेधाज्ञा तोडेर विद्यार्थीले आन्दोलन गर्न खोजेपछि बल प्रयोग गरिएको जनाएका छन् । हिजो बिहान सडक कालोपत्रे गरिरहेको बेला ग्रेडले ठक्कर दिएर स्थानीय चेतना साउँदको मृत्यु भएको थियो । धनगढीकै पञ्चोदय कक्षा ८ मा अध्ययनरत साउदको मृत्यु पछि विद्यार्थीले चालकलाई कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए ।

यसैबीच आज प्रहरीले २१ जनालाई पक्राउ गर्नुको साथै ३७ राउन्ड अश्रुयास्य प्रहार गरेको थियो । विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लागेपछि त्यसको बचाउन गर्दै उच्छृंखल गतिविधि रोक्न सामान्य बल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

विज्ञप्तिमा चालकलाई कारबाही गर्ने र अनुसन्धान प्रक्रिया अघि बढाउने समेत उल्लेख गरिएको छ । निषेधाज्ञामा भेला नहुन पनि विज्ञप्तिमा आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले हिजो साँझ ७ बजेदेखि धनगढीका विभिन्न स्थानहरूमा अर्को सूचना जारी नहुँदा सम्मको लागि भन्दै निषेधाज्ञा जारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर