दोहोरी गायिका कल्पनाले कसिन् लगनगाँठो – Nepal Press

दोहोरी गायिका कल्पनाले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित दोहोरी गायिका कल्पना दाहाल विवाहवन्धनमा बाँधिएकी छन् । हाल अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग आज उनको धुमधामसँग विवाह भइरहेको छ ।

गत जेठमा कल्पना र पुण्यले ईंगेजमेन्ट गरी अदालतमा कानूनी विवाह गरेका थिए । आज भने उनीहरुले परम्परागत रितिअनुसार विवाह गरेका हुन् । इमाडोलस्थित इन्द्रेणी बैंक्वेटमा आयोजित वैवाहिक समारोहमा चलचित्र तथा गायन क्षेत्रका केही कलाकारहरु सहभागी भएका थिए ।

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय गायिका दाहाल इन्द्रेणीमा दोहोरी गाएपछि चर्चामा आएकी हुन् । उनले चर्चित वक्ता रमेश प्रसाईंसँग गाएको दोहोरी सुपरहिट भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *