शेरधन राईको प्रश्न : एमाले र कांग्रेस मिलेर सरकार बनाउन संवाद किन नथाल्ने ? – Nepal Press

शेरधन राईको प्रश्न : एमाले र कांग्रेस मिलेर सरकार बनाउन संवाद किन नथाल्ने ?

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले देशलाई स्थायित्व दिन कांग्रेससँग मिलेर सरकार बनाउन पहल गर्ने प्रस्ताव गरेका छन् ।

निर्वाचन परिणामले फेरि पनि देशको लोकप्रिय एवम् बलियो पार्टी एमाले नै भएको देखाएको दाबी गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘जतिसुकै महागठबन्धन बनाएर नेकपा (एमाले) लाई सिध्याउन खोजिएको भएतापनि त्यो अब असम्भव रहेको तथ्य स्थापित भएको छ र अब गठबन्धनको औचित्य समेत समाप्त भएको छ । सँगसँगै जनादेशले स्पष्ट संकेत गर्दै भनेको छ कि निर्वाचन परिणामबाट पाठ सिक, स्थायी राजनीतिक शक्तिहरु मिलेर अगाडि बढ ।’

देशलाई राजनीतिक स्थायित्व, सुशासन विकास र समृद्विको अभियानलाई तीव्रता दिन बलियो र स्थिर सरकार बनाउन आवश्यक भएको उनकोे भनाइ छ ।

‘सरकार बनाउने र भत्काउने फोहोरी खेल बन्द गर । यो जनादेशलाई आत्मासात गर्दै पहिलो र दोश्रो शक्तिको हैसियतमा जनअनुमोदित नेकपा (एमाले) र नेपाली काँग्रेसले तत्काल संवाद किन नथाल्ने ?’, उनले भनेका छन्, ‘देश र जनताको हित र स्वार्थलाई केन्द्र भागमा राखेर सहकार्य र प्रतिष्पर्धा किन नगर्ने ?’

नेपाली काँग्रेस अस्थिर शक्ति र समुहहरुकै वैशाखी टेकेर देश भाँडमै जावस् भन्ने चाहन्छ ? भन्दै प्रश्न गरेका छन् । देश र जनताको हितार्थ बहस, छलफल र संवाद थाल्न बिलम्ब गर्न नहुने उनको बुझाइ छ ।


प्रतिक्रिया

One thought on “शेरधन राईको प्रश्न : एमाले र कांग्रेस मिलेर सरकार बनाउन संवाद किन नथाल्ने ?

  1. एमालेलाई किन चाहियो सरकार ? एमाले मध्यावधी चुनावमा लाग्न थाले हुन्छ । ठगबन्धनका लुटौला भनेर बसेका छन् । तिनलाई भोट दिने जनताले देखुन न तिनले भोट दिएकाले तिनलाई नै लुटेको ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर