अनेरास्ववियु कैलालीले भन्यो- धनगढीमा प्रहरीले विद्यार्थीमाथि दमन गर्नु निन्दनीय – Nepal Press

अनेरास्ववियु कैलालीले भन्यो- धनगढीमा प्रहरीले विद्यार्थीमाथि दमन गर्नु निन्दनीय

कैलाली । बिहीबार ग्रेडरको ठक्करबाट १५ वर्षीया स्थानीय चेतना साउँदको मृत्यु भएपछि सुरु भएको आन्दोलनमा प्रहरीले दमन गरेका एमाले निकट बिद्यार्थि सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले (अनेरास्ववियु)ले आरोप लगाएको छ ।

अनेरास्ववियु कैलाली जिल्ला अध्यक्ष किशोर शाहले जारी गरेको विज्ञप्तिमा न्याय मागिरहेका विद्यार्थी माथि प्रहरीले बल प्रयोग गर्नु निन्दनीय भएको जनाइएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन ३७ राउन्ड अश्रुग्यास प्रहार गर्नुको साथै विद्यार्थी र अन्य गरी २१ जनालाई पक्राउ गरेको छ । यस विषयमा पनि .बिज्ञप्तिमा खेल प्रकट गरिएको छ ।

‘पीडितलाई न्याय दिनुको साट्टो उल्टै धनगढीवासीको जनजीवन प्रभावित हुने गरि विद्यार्थीमाथि गरिएको ज्यादती र निषेधाज्ञाको अनेरास्ववियु कैलाली घोर आपत्ति गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

दोषीलाई कारबाहीको माग गर्दै पीडितलाई क्षतिपूर्तिको साथै पक्राउ गरिएका विद्यार्थीलाई तत्काल रिहाइ गर्न विज्ञप्तिमा माग गरिएको छ । माग सम्बोधन नगरे सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर