ज्ञानेन्द्र मल्लको अर्धशतक – Nepal Press

ज्ञानेन्द्र मल्लको अर्धशतक

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियासँगको एकदिवसीय खेलमा ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् ।

युनाईटेड क्रिकेट क्लब मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा आएका मल्लले ६० बलमा ४ चौक र २ छक्कासहित ५४ रन बनाए ।

ज्ञानेन्द्र नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ अर्धसतक बनाउने पहिलो खेलाडी बनेका छन् । ज्ञानेन्द्र पछि नेपाका लागि कप्तान रोहित पौडेल र आरिफ शेखले समान ५ अर्धसतक बनाएका छन् ।

नेपालका ओपनर अर्जुन साउद ४२ बलमा १८ रन जोडेर आउट भएका थिए । आसिफ शेख २० रन कप्तान रोहित पौडेल १० रनमा अउट हुँदा १२७-३ को अवस्थामा रहेको नेपालको इनिङ ज्ञानेन्द्र मल्ल र आरिफ शेखले सम्हालिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *