महंगी बढेर १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको सर्वेक्षण – Nepal Press

महंगी बढेर १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले महंगी बढ्ने अपेक्षा सर्वेक्षण सार्वजनिक गरेको छ । आगामी तीन महिनापछि महंगी १० प्रतिशत पुग्ने र एक वर्ष पछिको मध्य अपेक्षित महंगी १२ प्रतिशत रहने शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षणमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९/८० (२०२२/२३) को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।

यस सर्वेक्षण २०७९ असोज २३ देखि असोज २९ (अक्टोबर ०९ देखि १५ अक्टोबर, २०२२) सम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत गरिएको हो ।

सर्वेक्षणको परिणाम २०४० व्यक्तिहरूको प्रतिक्रियामा आधारित छ । अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८९९ थप व्यक्तिहरू थपिएका छन् । ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर