दोलखा अपडेट- गौरीशंकरका ८ वडा गनिसक्दा गठबन्धनलाई १४ सय मतको अग्रता – Nepal Press

दोलखा अपडेट- गौरीशंकरका ८ वडा गनिसक्दा गठबन्धनलाई १४ सय मतको अग्रता

दोलखा । केही मतदान केन्द्रमा पुनः मतदान भएको दोलखा जिल्लाको मतगणना जारी रहदा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सीटमा गठबन्धनमा उम्मेदवारले अग्रता कायम राखेका छन् ।

हालसम्म गौरीशंकर गाउँपालिकाका ९ मध्ये ८ वटा वडाको मतगणना सकिँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ४ हजार १०५ मतका साथ अग्रता लिइरहेका छन् ।

एमालेका बालकृष्ण शिवाकोटीले २ हजार ६६७ मतले पछ्याइरहेका छन् । गठबन्धनका उम्मेदवार कार्कीकै गाउँपालिकामा उनले एमालेलाई १४ सय ३८ मतले पछि पारेका छन् । अब सो गाउँपालिकाको वडा नम्बर ६ चंखुको गणना बाँकी छ ।

प्रदेशतर्फ १ मा गठबन्धनका उम्मेदवार कुन्दन काफ्ले र २ मा वर्मा लामाले अग्रता लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर