विद्यार्थी पक्राउविरुद्ध अभिभावक सडकमा, निषेधाज्ञाकैबीच धनगढी तनावग्रस्त (भिडिओ) – Nepal Press

विद्यार्थी पक्राउविरुद्ध अभिभावक सडकमा, निषेधाज्ञाकैबीच धनगढी तनावग्रस्त (भिडिओ)

कैलाली । धनगढीमा ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएपछि सुरु भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थानीय पनि आन्दोलित भएका छन् ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो ग्रेडरले चेतना साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो ।

विद्यार्थीहरुले कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएपछि स्थानीय पनि आन्दोलित भएका हुन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *