प्रचण्ड र सिके राउतबीच भेटवार्ता

२०७९ मंसिर १५ गते २०:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा बधाई तथा शुभकामना आदान प्रदान भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
राउतले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । देउवासँगको भेटमा जनमत पार्टी आगामी सरकारमा सहभागी हुनेबारे सहमति भएको कांग्रेसका नेता विमलेन्द्र निधिले दाबी गरेका छन् । नयाँ सरकारको गठनको विषय पेचिलो बनिरहँदा यसै निर्वाचनबाट उदाएको जनमत पार्टीका अध्यक्ष राउतको सक्रियतालाई अर्थपूर्णरुपमा हेरिएको छ ।
प्रतिक्रिया
दुवैका मालिक एउटै हुन् । भारत । आदेश पालना गर्दैछन् ।पटक पटक असक्षम भनेर प्रमाणित भएकोलाई फेरि प्रधानमन्त्री बनाएर यो देश लुटने मुख्य उद्देश्य हो यिनको । तर खबरदार लुटन पाउदैनौ किनकी एमाले जिउँदैछ ।
ओलिले बिखण्डनवादीसँग गठबन्धन गरे भनेर चुनावको बेला चिच्याउने भारतीय दलालहरू अहिले उहीँ विखण्डनवादी सरकारमा आईदेला, सरकार बन्न बहुमत पुग्ला र मन्त्री पद बेच्न पाईएला भनेर हेरेर बसेका छन् । यस्ता नैतिकहिनहरूले देश चलाए के होला यो देशको हालत ?