बालुवाटारमा सिके राउतले भेटे प्रधानमन्त्री, भावि सरकारमा सहकार्यबारे छलफल – Nepal Press

बालुवाटारमा सिके राउतले भेटे प्रधानमन्त्री, भावि सरकारमा सहकार्यबारे छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ । बिहीबार अपरान्ह बालुवाटारमा भएको भेटमा आपसी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा नेपाली कांग्रेसका उपसभापति र नेता विमलेन्द्र निधी पनि सहभागी थिए । निधीकै पहलमा भेटवार्ता भएको बुझिएको छ । भेटपछि ट्विट गर्दै निधीले सकारात्मक र परिणाममुखी वार्ता भएको उल्लेख गरेका छन् ।
‘गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ’ उनले भनेका छन् ।


प्रतिक्रिया

One thought on “बालुवाटारमा सिके राउतले भेटे प्रधानमन्त्री, भावि सरकारमा सहकार्यबारे छलफल

  1. उपेन्द्र, महन्त, राजेन्द्रको ठाउँमा यी आए । यी पनि भारतको आदेशमा देउवासँग उसैको सेवा गर्न आए । भारतको गुलामी गर्नु अब बन्ने सरका,को पहिलो प्राथमिकता हुनेछ । देश बेचुवाहरू एक ठाउँमा हुन्छन् । तर खबरदार ! एमाले यो देशमा छ ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर