सलोनको रिसेप्सनमा रेखाले पहिलोपटक सार्वजनिक गरिन् श्रीमान, एक-अर्काको प्रशंसामा लिप्त – Nepal Press

सलोनको रिसेप्सनमा रेखाले पहिलोपटक सार्वजनिक गरिन् श्रीमान, एक-अर्काको प्रशंसामा लिप्त

मैले ड्रिम गर्ल पाएँ : शाही, खोजेकै जस्तो मान्छे भेटेँः रेखा

काठमाडौं । नायक सलोन बस्नेतको वुधबार आयोजित रिसेप्सन पार्टी चर्चित सेलिब्रिटी जोडीहरुको जमघटस्थल झैं बन्यो । राजधानीको हायात पार्टी प्यालेसमा आयोजित समारोहमा धेरै कलाकारहरु जोडीसहित उपस्थित थिए ।

समारोहमा नायकहरु आकास श्रेष्ठ, सलिनमान बाँनिया, आमेश भण्डारीलगायत उपस्थित भएर सलोनको जोडीलाई बधाइ दिए । नायिकाहरुमा उपासना सिंह ठकुरी, रुबिना थापा र सञ्चिता लुँईटेललायत देखिए ।

जोडीको कुरा गर्ने हो भने नायिका पूजा शर्मा प्रेमी युद्ध बाँनियासँग, भुवन केसी पे्रमिका जिया केसीसँग, निता ढुङ्गाना पति हरिहर अधिकारीसँग र वर्षा राउत पति संजोग कोईरालासँग समारोहमा सामेल भएका थिए । धेरैको नजर चाहीँ अभिनेत्री रेखा थापाको जोडीमा रह्यो, यसकारण कि पहिलोपटक रेखा सार्वजनिक कार्यक्रममा श्रीमानसहित आएकी थिइन् ।

सलोनको रिसेप्सनमार्फत रेखाले पहिलोपटक श्रीमान बलराम शाहीलाई मिडियाअघि साक्षात्कार गराएकी हुन् । बलराम र रेखा थापाले २०२२ को फेब्रुअरीमा अदालतमा गुपचुप रुपमा विवाह गरेका थिए । जाजरकोट स्थायी घर भएका एनआरएन शाहीसँग रेखाको प्रेम विवाह हो । तर, उनीहरुले आफ्नो प्रेमसम्वन्ध पनि गोप्य राखेका थिए ।

मिडियासँगको अन्तरक्रियामा शाहीले रेखाको खुलेर प्रशंसा गरे । रेखा सबै कुरामा पोख्त र बाहिर देखेभन्दा धेरै मनको सफा भएको उनले बताए ।

शाहीले भने, ‘रेखा मेरो ड्रिमगर्ल हो । उनी बाहिर जति पारदर्शी देखिन्छिन्, भित्र पनि उत्तिकै मनकी सफा छिन् ।’
रेखाले पनि शाही आफूले सोचे र खोजेजस्तो व्यक्ति भएको बताइन् । उनले भनिन्, ‘उहाँ मैले कल्पना गरेजस्तो व्यक्ति हुनुहुन्छ । एकदमै ज्ञानी, सभ्य अनि सरल । सबै कामलाई सम्मान गर्ने । विशेषत नारीलाई सम्मान गर्ने । म जहिल्यै पनि मलाई एउटा देश र समाजलाई बुझ्ने, सबैभन्दा ठूलो कुरा, नारीलाई बुज्ने मान्छे चाहिन्छ भन्थें । उहाँ ठ्याक्कै त्यस्तै हुनुहुन्छ ।’

रेखाले सलोनसँग आफूले थुप्रै काम गरेकाले बच्चा नै लाग्ने बताइन् ।

‘सलोनसँग धेरै काम गरेकाले कस्तो अचम्म लाग्दो रहेछ । सानैदेखि देखेको भएर होला, अहिले पनि सानै लाग्ने । विवाहको खबर सुन्दा पनि विवाह गर्ने बेला भइसक्यो र ? जस्तो भएको थियो । एकदमै खुशी लागेको छ । सफल दाम्पत्य जिवनको शुभकामना,’ उनले भनिन् ।

करिब चार वर्ष लामो प्रेमसम्बन्धमा रहेका सलोन र करिश्मा केसीले मंसिर १२ गते लगनगाँठो कसेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर