सरकारी जागिरमा आरक्षण माग्दै सुकुम्बासीले आन्दोलन गर्ने – Nepal Press

सरकारी जागिरमा आरक्षण माग्दै सुकुम्बासीले आन्दोलन गर्ने

काठमाडौं । सुकुम्वासीहरुले सरकारका सबै निकायमा आरक्षण माग गर्दै आन्दोलन गर्ने भएका छन् । सबै पिछडिएका समूहलाई आरक्षण दिए पनि सुकुम्बासीलाई नदिइएकाले आन्दोलन गर्ने उनीहरुको भनाइ छ ।

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले अब सुकुम्बासीहरु आरक्षणको आन्दोलनमा उत्रने बताए ।
उनले नेपाल प्रेससँग भने, ‘दलित, पिछडिएका जातजाति, आदिवासी-जनजातिलगायत सबैलाई आरक्षण दिने तर हामीलाई नदिने यो कहाँको न्याय हो ?’

राजनीतिमा र सरकारी सेवामा सुकुम्वासीलाई निश्चित कोटा चाहिने उनले माग गरे । देशभर ४० लाखभन्दा बढी सुकुम्बासी रहेको दावी गर्दै उनले त्यही अनुपातमा कोटा दिनुपर्ने बताए ।

काठमाडौंको थापाथली बस्तीमा महानगरले डोजर लिएर गएपछि सुकुम्बासी आन्दोलित छन् । सुकुम्वासीका नाममा हुकुम्वासीले सरकारी जग्गा कब्जा गरेर रजाईं गरिरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर