वागमती प्रदेशमा मानव अधिकार उल्लंघनका ३३ उजुरी – Nepal Press

वागमती प्रदेशमा मानव अधिकार उल्लंघनका ३३ उजुरी

हेटौँडा । वागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उल्लंघनको ३३ उजुरी परेको छ । राष्ट्रिय मानवअधिकार आयोग वागमती प्रदेश कार्यालयले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि गत आर्थिक वर्ष २०७८/०७९ को मानवअधिकारको अवस्थाबारे रिर्पोट सार्वजनिक गरेको हो ।

रिर्पोट सार्वजनिक गर्दैै मानवअधिकार आयोगका वागमती प्रदेश कार्यालयका उपसचिव यज्ञप्रसाद अधिकारीले गत आर्थिक वर्षमा वागमतीमा ३३ वटा उजुरी परेको बताए । उजुरी पर्नेमध्ये सबैभन्दा धेरै काठमाडौँको रहेको छ । काठमाडौँबाट ८ वटा उजुरी परेका छन भने ललितपुरबाट ७ वटा उजुरी परेको छ ।

उजुरी पर्ने अन्य जिल्लाहरुमा चितवनबाट ४ वटा, नुवाकोटबाट ४ वटा, सिन्धुपाल्चोकबाट ३ वटा, धादिङ र दोलखाबाट २–२ वटा तथा रामेछापबाट एक उजुरी परेको छ । मकवानपुर, रसुवा र सिन्धुलीबाट भने कुनैपनि उजुरी नपरेको अधिकारीले बताए ।

विषयगत तथ्याङकलाई हेर्दा सबैभन्दा धेरै उजुरी नागरिक तथा राजनीतिक अधिकार उल्लंघनको विषयमा परेको छ । यो विषयमा १७ वटा उजुरी परेको प्रदेश कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । आर्थिक, सामजिक तथा सास्कृतिक अधिकारको सन्र्दभमा ७ वटा उजुरी परेका छन भने बाल अधिकार उल्लंघन, आप्रवासीको अधिकार उल्लंघन र सबै किसिमको जातीय भेदभाव बारे २-२ वटा उजुरी परेका छन् ।

महिलाविरुद्धको अधिकार, अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार, यातना तथा क्रुर अमानवीय व्यवहारको विषयमा १-१ वटा उजुरी परेको कार्यालयका सहसचिव अधिकारीले बताए ।

मानवअधिकार आयोगले उजुरीको आधारमा कारबाहीको लागि सरकारलाई पठाउँदा कार्यन्वयन पक्ष निकै फितलो हुँदा आयोगको काम उत्कृष्ट नदेखिएको उनले बताए । आयोगले कार्यन्वयनको लागि सिफारिस गरेको उजुरीमध्ये १० प्रतिशतको हारहारीमा मात्र कारबाही भएको भन्दै उनले यो दुःखद पक्ष रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *