समूहको अन्तिम खेलमा भिड्नुअघि बेचैन जर्मनी र बेल्जियम, चार खेलमा ८ टोलीको सम्भावना – Nepal Press

समूहको अन्तिम खेलमा भिड्नुअघि बेचैन जर्मनी र बेल्जियम, चार खेलमा ८ टोलीको सम्भावना

दोहा। कतारमा जारी विश्वकपअन्तर्गत बिहीबार समूह ई र एफका अन्तिम खेलहरु हुँदैछन्। राती पौने ९ बजे सुरु हुने समूह एफको खेलमा बेल्जियमले क्रोएसिया र क्यानडाले मोरक्कोसँग खेल्दै छ।

पौने १ बजे सुरु हुने समूह ईको खेलमा स्पेनले जापान तथा जर्मनीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्ने छ। समूह ईमा २ खेलपछि स्पेनको ४ तथा कोस्टारिका र जापानको तीन तीन अंक छ। जर्मनीले एक अंक मात्र जोडेको छ। यो समूहमा चारवटै टोलीको अगाडि बढ्न सक्ने गणितिय सम्भावना छ।

जापानसँग कम्तिमा बराबरी खेलेपनि स्पेन अगाडि बढ्ने छ। त्यो नतिजामा जापानको पनि अगाडि बढ्न सक्ने सम्भावना रहन्छ। स्पेनलाई पराजित गरेको अवस्थामा जापान पनि अगाडि बढ्ने छ। तर स्पेनसँग बराबरी खेलेको अवस्थामा जर्मनी र कोस्टारिकाबीच हुने खेलको नतिजा कुर्नुपर्ने छ।

जर्मनीले कोस्टारिकालाई पराजित गरेको अवस्थामा छनोट हुने अवस्था पनि आउन सक्छ त्यसका लागि स्पेनले जापानलाई हराउनुपर्ने छ। यस्तै जापान र स्पेनबीच हुने खेल बराबरी भएमा र जर्मनीले कोस्टारिकालाई हराउन सकेको अवस्थामा पनि अगाडि बढ्ने सम्भावना रहन्छ। यस्ता कोस्टारिकाले जर्मनीलाई हराउन सके नकआउट चरणमा स्थान बनाउने छ भने बराबरी खेलेको अवस्थामा पनि अगाडि बढ्ने सम्भावना रहन्छ।

चारपटकको विजेता जर्मनी ८० वर्षपछि पहिलोपटक गत संस्करणमा पहिलो चरणबाटै बाहिरिएको थियो। जर्मनी लगातार पहिलो चरणबाटै बाहिरिने संकटमा छ। पहिलो खेलमा जापानसँग पराजित भएको जर्मनी दोस्रो खेलमा स्पेनसँग बराबरीमा रोकिएको थियो।

यता समूह एफमा २ खेलपछि मोरक्को र क्रोएसियाको समान ४ अंक रहेको छ। बेल्जियमको ३ अंक रहेको छ। मोरक्को बराबरी खेलेको अवस्थामा पनि अगाडि बढ्ने छ। मोरक्को यसअघि सन् १९८६ को विश्वकपमा मात्र नकआउट चरणमा पुगेको थियो।

जारी प्रतियोगितामा क्यानडाले अंक जोड्न नसकेको र आफुले अघिल्लो खेलमा बेल्जियमलाई हराएकाले मोरक्को उच्च मनोबलमा देखिन्छ। क्रोएसियाविरुद्ध हुने खेलमा तुलानात्मकरुपमा बढी दबाबमा बेल्जियम छ। क्रोएसिया बराबरी खेलेपनि अगाडी बढ्ने छ भने बेल्जियमलाई बाहिरिन पनि सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर