सुनसरी ४ मा झिनो मतान्तरले सञ्चारमन्त्री कार्की विजयी – Nepal Press

सुनसरी ४ मा झिनो मतान्तरले सञ्चारमन्त्री कार्की विजयी

विराटनगर । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की झिनो मतान्तरले विजयी भएका हुन् ।

कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए । दुईजनाबीचको मतान्तर ११२ रहेको छ ।

भोजपुरबाट लगातार ३ पटक चुनाव हारेपछि सुनसरी झरेका कार्कीले २०७४ मा वामगठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई हराएका थिए । ७४ मा कार्कीको ३२हजार ३४७ मत आउँदा प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए ।

अघिल्लो निर्वाचनमा जस्तो यो निर्वाचनमा कार्कीलाई सहज भएन । १३५८ मत गन्न बाँकी हुँदा उनी ८२ मतले पछाडि परेका थिए । त्यो स्थितिलाई उल्टाएर उनले लगातार लिड गरे ।

सुनसरी- ४ नेपाली राजनीतिको लागि महत्वपूर्ण मानिन्छ । यस क्षेत्रबाट पाँच पटकसम्म प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालादेखि पटकपटक सत्तामा पुगेका उपेन्द्र यादवसमेत यो क्षेत्रबाट जितेर गएका छन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र र २०५६ सालमा यहीँबाट चुनाव जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर