बाजुरामा चुनावको दिन मारिएका चेतनको हत्यारालाई कारबाही गर्न अनेरास्ववियुको दबाब

२०७९ मंसिर १५ गते ११:०७

काठमाडौं । बाजुरामा चुनावताका आफ्ना कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन एडीको हत्यामा संलग्नलाई चाँडो कारबाही गर्न अखिलले आरआर क्याम्पसअगाडि प्रदर्शन गरेको हो ।
मंसिर ४ गते मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका-७ का चेतनको हत्या गरिएको थियो ।
प्रतिक्रिया