स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङमा गरेको धाँधलीलाई आयोगले वैधता दियो: शंकर पोखरेल – Nepal Press

स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङमा गरेको धाँधलीलाई आयोगले वैधता दियो: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्याङ्जा र बाजुरामा भएको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दुई जिल्लामा सत्तापक्षले निर्वाचन आयोगसँग सेटिङ मिलाएको आरोप लगाएका हुन् ।

पाेखरेलले फेसबुकमा लेखेका छन्, ‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नांगो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

मंसिर ४ गते भएको निर्वाचनमा सत्तापक्षले बुथ कब्जा गरेको थियो । बुथ कब्जा भएपछि एमालेलगायतका अन्य दलले मतदान स्थगित गर्न माग गर्दै पुन मतदानको माग गरेको थियो । तर निर्वाचन आयोगले पुन मतदान गराउनुको साटो उल्टै मतगणना गर्न निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर