अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा अस्ट्रेलियासँग खेल्ने – Nepal Press

अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा अस्ट्रेलियासँग खेल्ने

दोहा– दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा अस्ट्रेलियासँग खेल्ने भएको छ। समूह सीको विजेताका रुपमा अर्जेन्टिनाले समूह डीको उपविजेता अस्ट्रेलियासँग खेल्ने भएको हो।

अर्जेन्टिना ३ खेलबाट ६ अंक जोड्दै समूह विजेता बन्यो भने समान ४ अंक भएको मेक्सिकोलाई गोलअन्तरमा पछाडि पार्दै पोल्यान्ड समूहको उपविजेता बन्यो।

समूह डीमा तीन खेलबाट ६ अंक जोड्दै अस्ट्रेलिया समान अंक भएको फ्रान्ससँग गोलअन्तरमा पछाडि रहेर उपविजेता बनेको हो। अस्ट्रेलिया र अर्जेन्टिना दुवैले बुधबार भएको आफ्नो अन्तिम समूह खेलमा जित हात पार्दै प्रिक्वाटरफाइनलमा स्थान बनाएका हुन्।

अर्जेन्टिनाले पोल्यान्डलाई २-० र अस्ट्रेलियाले डेनमार्कलाई १-० गोलले पराजित गरेका हुन्। समूहको उपविजेता बनेको पोल्यान्डले प्रिक्वाटरफाइनलमा साविक विजेता फ्रान्ससँग खेल्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *