गगन थापा भन्छन्- शुक्रबारसम्म मतदातालाई धन्यवाद दिन्छु, त्यसपछि संसदीय दलकाे चुनावमा लाग्छु (भिडिओ) – Nepal Press

गगन थापा भन्छन्- शुक्रबारसम्म मतदातालाई धन्यवाद दिन्छु, त्यसपछि संसदीय दलकाे चुनावमा लाग्छु (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफू अर्को चुनावको तयारीमा लागेको बताएका छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दवाव समूहले वुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संघको निर्वाचनमा विजयी भएसँगै आफू अर्को चुनावको तयारीमा रहेको बताएका हुन् । शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात अर्थात पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उनको भनाई छ ।

त्यस्तै, महामन्त्री थापाले पाँच वर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानून निर्माणको थालनी गर्नुपर्ने पनि बताए । कहिलेकाही मन्त्रीपरिषद्मा महिला सहभागीता शुन्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए ।

त्यस्तै, थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया

One thought on “गगन थापा भन्छन्- शुक्रबारसम्म मतदातालाई धन्यवाद दिन्छु, त्यसपछि संसदीय दलकाे चुनावमा लाग्छु (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर